काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकबारे आफूहरूलाई जानकारी नगराएको उल्लेख गरेका छन्।
शनिबारको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले जानकारी नगराएकाले बैठकमा सहभागी नभएको उल्लेख गर्दै चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन भनेर कटाक्ष प्रकट गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् अध्यक्ष भट्टराईले आफूलाई बैठकबारे कुनै जानकारी न आएको र मिडियाबाट सुनिएको उल्लेख गरेका हुन्।
ट्वीटरमा उनले लेखेका छन्, 'चेइ नभनी कुकुर पनि कसैको घर जाॅदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी, ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ !'
https://twitter.com/brb1954/status/1383617343805267972