Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्ने भीम रावलको चेतावनी

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता भीम रावलले एमालेमा जुनसुकै बेला कर्णाली प्रकरण दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति गरेको  भन्दै यस्तै अवस्था रहिरहे देशभर कर्णालीको कदम चल्न सक्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा नेता रावलले केन्द्रमा पार्टी अध्यक्ष ओलीले खनाल–नेपाल पक्षीय एमाले सांसदलाई पेल्ने नीति लिएको र प्रदेशमा पनि निषेधको राजनीति गरेको आरोप लगाउँदै कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको रावलले प्रष्ट पारे।

‘पार्टी जोगाउनका लागि, पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा  त्यहाँका साथीहरूले साथ दिएका हुन्,’ रावलले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077