Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा हैदरावादको लगातार तेस्रो हार

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा साविक विजेता मुम्बई इण्डियनसले दोस्रो जित हाँसिल गर्दा हैदरावादले भने लगातार तेस्रो हार ब्याहोरेको छ।

शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित हाँसिल गरेको हो।

१ सय ५१ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै मात्र १ सय ३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि सर्वाधिक जोनी बेयार्स्टोले ४३, कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ४०, केइरन पोलार्डले ३५, कप्तान रोहित शर्मा ३२ र इशान किशनले १२ रन बनाए ।

हैदरावादका लागि विजय शंकर र मुजिब उर रहमानले २र२ विकेट लिए ।

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । हैदरावादको लगातार तेस्रो हारसँगै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077