Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१५ दिन नवित्दै फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

यसअघि निगमले गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ पर्ने भएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।

नेपालमा पेट्रोलिय पदार्थ सस्तो हुँदा नाकाबाट भारततर्फ तस्करी समेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077