बिरेन्द्रनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ।
हिजो नै आज ११ बजेका लागि बोलाइएको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको हो।
आजको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गर्ने बताइएको छ।
त्यस्तै, आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । मुख्यमन्त्री शाहीलाई २० सांसदको समर्थन आवश्यक पर्छ ।
एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री शाहीको पद जोगिने छ ।
Leave a Reply