काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुने भएको छ।
गत फागुन २८ गते प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद्को बैठकले उनीहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको थियो।
तर, संसदीय सुनवाइमा उनीहरुविरुद्ध सात वटा उजुरी परेका छन्।
समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको जनाएको छ।
यसअघि सुवेदीविरुद्ध सर्वोच्चमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो । तर सर्वोच्चले यसअघि नै सुवेदीको योग्यता पुग्ने फैसला गरिसकेको छ।
Leave a Reply