सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ ।
गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।
३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । मुख्यमन्त्री शाहीलाई २० सांसदको समर्थन आवश्यक पर्छ ।
एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री शाहीको पद जोगिने छ ।
Leave a Reply