Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता : नारायणकाजी श्रेष्ठ

    तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता : नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन दिनभित्र केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुने बताएका छन् ।

    नेता श्रेष्ठले ओली सरकारलाई आफूहरूको समर्थन नरहेको र देखिएको प्राविधिक समर्थन पनि तीन दिनभित्र फिर्ता हुने बताए । ‘एक सातासम्म पनि जाँदैन, दुई–तीन दिनभित्रै हामीले निर्णय गर्छौं’ श्रेष्ठले भने ।



    श्रेष्ठले निर्णायक शक्ति मानिएको जसपाको निर्णय धैरै दिन कुर्न नसक्ने बताउँदै छिट्टै एउटा निर्णय गर्नुपर्ने बताए ।



    नयाँ सरकार गठन गर्न नेपाली कांग्रेसले निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार