Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आइपिएल : राजस्थानसँग दिल्ली पराजित

    आइपिएल : राजस्थानसँग दिल्ली पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

    बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो।



    दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो।



    राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै क्रिस मोरिसले अविजित ३६ तथा जयदेव उनाकडले अविजित ११ रन बनाए। राहुल टेवाटिया १९ रनमा आउट भए।

    दिल्लीका अभेस खानले ३ विकेट लिए। क्रिस वोक्स र कागिसो राबडाले दुई दुई विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार