Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन् कोरोना संक्रमणबाट अति प्रभावित भएका १४ जिल्लाहरु ( सूचीसहित)

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा  राखेको छ ।

अति प्रभावितमा जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ।

आज विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपीलमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077