Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालका पूर्वराजा शाह सहभागी भएको कुम्भमेलाका सयौँ भक्तजनहरु कोरोना संक्रमित

काठमाडौँ। कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्।

भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्।

भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ।
भारत सरकारका अनुसार २४ घण्टाको अवधिमा मङ्गलवार १,८४,३७२ र बुधवार २,००,७३९ कोभिड देखिएको हो।

महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला आयोजना गर्न दिइएको भन्दै सरकारको आलोचना भएको छ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार गङ्गास्नान गरेका थिए।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य देखिन्छ।

सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ।

पाली भाषामा बोल्दै उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको बताएका छन्।

पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले ज्ञानेन्द्र बुधवार सडकमार्ग हुँदै दिल्ली फर्किएको बताएका छन्। (बीबीसीको सहयोगमा )

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077