Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पाकिस्तान विजयी

    दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पाकिस्तान विजयी

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । तेस्रो टी ट्वान्टी क्रिकेटमा रवाफिलो जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध बुधबार राति भएको तेस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।

    जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले २–१ को अग्रता लिएको छ । पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।



    जितका लागि दक्षिण अफ्रिकाले दिएको २०३ रनको लक्ष्य पाकिस्तानले मात्रै १ विकेट गुमाएर १२ बल बाँकी छदै भेट्टायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १२२ रनको शतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गरे ।



    यस्तै मोहम्मद रिजवानले ७३ रन बनाए । त्यसअघि सेन्चुरियनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले ६३ र जेन्नीमान मालनले ५५ रनको योगदान दिए ।

    अब चौथो खेलमा जित निकाल्न सके पाकिस्तानले एकदिवसीयसँगै टी ट्वान्टी क्रिकेट सिरिज पनि हात पार्नेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार