काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माले आज आफ्नो पहिलो गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक गर्ने भएकी छिन्।
उक्त गीतमा शब्द तथा स्वर स्वीकृतिको छ भने संगीत संयोजक मनोहर सुनामले गरेका छन्। मदन काश्यप घिमिरेको छायांकन रहेको गीतमा भिडियो सम्पादन जीवन थापाले गरेका छन्।
सो गीतमा स्वीकृतिलाई गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमिरेलगायतले साथ दिएका छन्। स्वीकृतिले लेखेको कवितालाई नै गीतको रुप दिइएको हो।
गीत ‘कम्पोज’ गर्न प्रवक्ता शर्माले सघाएका छन्। गीतमा आमा, बुवा र गुरु नै भगवान हुन् भन्ने सन्देश दिन खोजिएको छ । आमा, बुवा र गुरुको महत्वलाई ध्यानमा राख्दै गीत तयार गरिएको हो ।
संगीत प्रशिक्षण लिइरहेकी स्वीकृति हाल कक्षा १० मा अध्ययनरत छिन्।
Leave a Reply