Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरसँग हैदराबाद ६ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।

भारतको चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित निकालेको हो । बेङ्ग्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077