Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

    म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 2K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ गोलले पराजित गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।



    क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी २–१ गोलले विजयी भयो । घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ गोलले नै पराजित गरेको थियो ।



    बुधबार राति सम्पन्न खेलमा १५ औँ मिनेटमा बेलिन्घमको गोलबाट डर्टमुण्डले सुरुवाति अग्रता लियो । खेलको ५५ औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे । यस्तै ७५ औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ गोलले विजयी भयो ।

    फाइनल प्रवेशका लागि अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सित भिड्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार