Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • इण्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

    इण्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 1.9K
    SHARES

    एजेन्सी। इण्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

    यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिए । इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए ।



    यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।



    उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए  ।

    बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त  भएको पनि समाचारमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार