Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारले आज नै लकडाउन, भोलि नै लकडाउन गर्छ भनेर गलत हल्ला चलाइयो : प्रम ओली

    सरकारले आज नै लकडाउन, भोलि नै लकडाउन गर्छ भनेर गलत हल्ला चलाइयो : प्रम ओली

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गर्ने वताएका छन्। उनले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारे ।

    नयाँ वर्ष २०७८ को अवसरमा राज्यलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाएर भ्रम पैदा गरेको वताए । प्रधानमन्त्रीओलीले भने,  ‘सरकार सकेसम्म लकडाउन चाहँदैन, विश्वका अन्य मुलुकहरु महामारी ह्वातै फैलिए लकडाउनको सहारा लिन बाध्य छन् । तर हामी अरु विधिबाट परिस्थिति बिग्रन नदिऔँ भन्ने चाहन्छौँ । मैले लकडाउन गर्ने धम्की दिए भनेर पनि भने । तर, परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।’



    प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गरेका छन् ।ओलीले आफ्नो सम्बोधनका क्रममा सरकारले जनतामा आशा जगाउने कामहरु गरेको दाबी गरे ।



    ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको उल्लेख गरे ।

    सम्बोधनमा प्रम ओलीले सरकारका उपलब्धीहरुको बर्णन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार