Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नयाँ वर्षमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँ वर्षको अफर’

    नयाँ वर्षमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँ वर्षको अफर’

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ लिएर आएको छ ।

    जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।
    थपरुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्तर्गत जित्नसक्ने सामानहरुः
    १. कोन्का टिभि
    २. स्मार्टवाच
    ३. वेगा स्टाय्ण्ड फ्यान
    ४. बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन् ।
    ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् ।



    साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् ।
    ‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ ल्याएको हो ।



    कम्पनीका अनुसार  स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराइएको छ ।

    स्मार्टडोकोले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दैआएको छ भने र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्ने जनाएको छ ।

    ‘हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौं । हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेका छौं ।’ आईएमएस ग्रुपका अध्यक्ष तथा सिई दिकेश मलहोत्राले वताए। यो अफर २०७८ बैसाख १ गते देखि ५ गते सम्म मात्र लागू रहने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार