चितवन। नयाँ बर्ष २०७८ को पुर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय चितवनले कोरोना संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नागरिकहरुलाई अपिल गरेको छ।
विश्व महामारीको रुपमा पुन: फैलिरहेको कोभिड-१९ संक्रमण जोखिमको सम्बन्धमा सचेत रही नेपाल सरकारद्धारा जारी गरिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न प्रहरीले आग्रह गरेको हो।
साथै, नयाँ वर्ष मनाउने बहानामा प्रहरीले सामुहिक भेला, कन्सर्ट लगायतका सांकृतिक कार्यक्रमहरु नगर्न / नगराउन पनि निर्देशन दिएको छ।
मादक पदार्थ सेवन गरेर हो- हल्ला गर्ने, सवारी साधन चलाउने लगायतका कानुन विपरित क्रियाकलाप नगर्न र यदी कोही कानुन विपरितका क्रियाकलापमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ।
Leave a Reply