Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले बोलाए पार्टी केन्द्रीय कमिटी बैठक, यस्ता छन् रणनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङका अनुसार आगामी वैशाख ६ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने तामाङले जानकारी दिए।

तर, पछिल्लो समय एमालेमा आन्तरिक द्वन्द चर्किदै गएको छ।

अध्यक्ष ओलीले पार्टीभित्र समानान्तर गतिबिधि गरेको भन्दै यसअघि पार्टीका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छ महिनाका लागि निलम्बन गरेका थिए।

आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी समेत रहेको तामाङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077