Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।

    कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।



    गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।



    पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

    आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो ।

    भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।

    भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार