Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा कोरोना आतंक बढेसँगै अप्रिल ३० सम्म विद्यालय बन्द

    भारतमा कोरोना आतंक बढेसँगै अप्रिल ३० सम्म विद्यालय बन्द

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ।

    बढ्दो कोरोना महामारीको जोखिम न्यूनीकरणका लागि भन्दै उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।



    त्यस्त, त्यहाँको सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालीन कर्फ्यु समेत लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



    आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३५३ कोरोनाका नयाँ बिरामी देखा परेको समाचारमा उल्लेख गरिएको छ ।

    भारतमा हाल प्रत्येकदिन लाखौँको मात्रामा संक्रमितहरु थपिदै गएका छन् भने हजारौँको मृत्यु हुने गरेको छ।

    कोरोना भाइरसबाट प्रभावित हुने मुलुकमा भारत तेस्रो नम्बरमा पर्छ। भारत भन्दा अगाडि अमेरिका र ब्राजिल रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार