Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • कोरोनाका कारण आज विहानै ३ जनाको मृत्यु

    कोरोनाका कारण आज विहानै ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । डेढ वर्ष अगाडिबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अझै कम हुन सकेको छैन ।

    नेपालमा केही समय अघि संक्रमित र मृतकको संख्या घटेको भए पनि पछिल्लो समय संक्रमित र मृतकको संख्या बढ्न थालेको छ ।



    शनिबार देशभर ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा आइतबार ३६७ जनामा संक्रमण पुष्टि भएको थियो । दुबै दिन १÷१ जना संक्रमितको मृत्यु भएपनि आज विहानै ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।



    बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया महिला, अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का १ पुरुष रहेका छन् ।

    तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।

    तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् ।

    उनको सोमबार बिहान ७ः२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।

    त्यसैगरी अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ः५० बजे मृत्यु भएको हो । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

    कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकोमा उनको सोमबार बिहान ७ः१४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पनि मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको अस्पतालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार