Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीसीएमसीको प्रस्तावमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो ।

आजको बैठकमा कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

यसअघि गत शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ ।

सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ । तर, आज बिहान शिक्षा मन्त्रालयमा बसेको बैठकले शैक्षिक संस्थाहरु तत्काल बन्द नगर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077