Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : कोलकत्ताले हैदराबादलाई हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल )को आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।

चेन्नाईमा सम्पन्न खेलमा कोलकत्ताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

अन्तिम ओभरमा, अब्दुल समद र मनीष पाण्डेले खेलको लागि रोमाञ्चक बनाउन कोशिस गरे तर तब सम्म ढिलो भइसकेको थियो।

पाण्डेले ६१ तथा जोनी बेयरस्टोले ५५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । कोलकत्ताका प्रशिद्द कृष्णले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

त्यसका लागि ओपनर नितिश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरि ८० रन बनाए । यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले २२ रन बनाए ।

सनराइजर्स हैदराबादको राम्रो सुरुवात भएन। डेभिड वार्नरले पहिलो बलमा जीवन पायो तर उनले यसको फाइदा लिन सकेनन।

हैदराबादका राशिद खान र मोहम्मद नाबीले २र२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077