Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको राप्तीमा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु, आठको अवस्था गम्भीर

चितवन । पुर्वी चितवनको राप्तीमा भएको ट्याक्टर दुर्घटनामा परी  ५ जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आज बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन् । ट्याक्टरमा २२ जना भन्दा बढी सवार थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्रयाक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएका मध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको थापाले वताए।

घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।  घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077