Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावल भन्छन् - ओलीले जनप्रतिनिधिलाई धम्क्याउछन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं सुदुरपश्चिम प्रदेश संयोजक डा.भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई धम्क्याउन थालेको आरोप लगाएका छन्।

आज दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले आफ्नो गुटमा नआए पद खोस्ने भन्दै जनप्रतिनिधिलाई धम्क्याउन थालेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय भएको बताउदै रावलले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीले आफ्नो गुटमा तान्ने प्रयास गरेको बताए।

निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने भन्दै उपाध्यक्ष रावलले ओलीको धम्कीबाट नडराउन सबैलाई आग्रह गरे।

‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो,’ नेता रावलले भने ‘तपाईंहरू नेकपा एमालैमा हुनुहुन्छ र कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छ ?’

यसअघि बसेको सुदूरपश्चिम प्रदेश कमिटीले सह संयोजक एवं पार्टी अध्यक्ष ओली पक्षका नेता कर्ण थापालाई कारवाही गरेको जनाएको छ । थापालाई अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउने र साथै साधारण सदस्यताबाट १ वर्ष निलम्बनका सिफारिस गर्दै कारवाही गरेको जनाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077