Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागार्जुन डढेलो : आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी खसालियो

काठमाडौं । काठमाडौँको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा भएको भीषण आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी खसालिएको छ।

आज दिउँसो बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरू भएसँगै खटिएको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीहरुले आगलागी नियन्त्रण गर्न नसकेपछि हेलिकप्टरबाट पानी खसालिएको हो।

अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077