Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • सुनचाँदी व्यवसायी मिझारको हत्या गरेको अभियोगमा दुईजना पक्राउ

    सुनचाँदी व्यवसायी मिझारको हत्या गरेको अभियोगमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ चैत्र २०७७
  • 2.1K
    SHARES

    सिरहा । सिरहाको लहानमा सुनचाँदी व्यवसायी प्रदीप मिझारमाथि गोल हानी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा लहान नगरपालिका–७ सिरहा बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनी रहेका छन् ।



    प्रहरीका अनुसार चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको हो भने सहनीलाई बिहान ४ः३० बजे नै घटनास्थल नजिकैबाट पक्राउ गरिएको हो ।



    शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी ४५ वर्षीय सुनचाँदी व्यवसायी मिझारको हत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए ।

    उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माको भनाई छ ।

    लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

    लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

    मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार