Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : चेन्नइ सुपर किंग्समाथि दिल्ली क्यापिटल्सको जीत

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत  दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि बिजयी हासिल गरेको छ ।

मुम्बइस्थित वाङखेडे स्टेडियममा भएको खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटले हराएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीसामु १८९ रनको लक्ष्य टार्गेत दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले शिखर धवन र पृथ्बी श को अर्धशतकको सहायतामा १८.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

चेन्नइका लागि सुरेश रैना अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन जोडे भने मोइन अलीले ३६ रन जोड्दा साम करनले ३४ र रबीन्द्र जडेजाले अभिजित २६ रन जोडे।

त्यस्तै, दिल्लीका लागि क्रिस ओएक्स र अभेस खानले समान २र२ विकेट लिँदा रविचन्द्रन अश्विन र टम करणले १र१ विकेट लिएका थिए। ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077