Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगममा मलेसिया टिकट काण्ड , ट्राभल एजेन्सीसँग मिलेर घोटाला !

काठमाडौं । नेपाल वायुसेवा निगम सार्वजनिक संस्थान भए पनि यो व्यापारिक प्रकृतिको संस्थान भएकोले यसले आफ्नो व्यवसायको लागि अन्य वायुसेवाहरु लगायत ट्राभल एजेन्सीहरुसित विभिन्न प्रकृतिको व्यापारिक सम्झौताहरु गर्नुपर्छ । त्यस्ता सम्झौता निगमको हितविपरीत हुनुहुँदैन ।

तर, जनकराज कालाखेतीले नियम कानुन मिचेर र निगमको हितविपरीत केही समय अगाडि लफडामा चर्चित हारभेष्ट मुन ट्राभल्सलाई काठमाडौं/ मलेसिया/काठमाडौंको दश हजार सिट एकलौटी रुपमा त्यही पनि चलनको टिकट दररेटभन्दा प्रतिटिकट प्रतिसेक्टर (रु १०००) एक हजार रुपैयाँ सस्तोमा दिएर करोडौँको चलखेल गरेका थिए ।

तिनै कालाखेती घुमीफिरी रुम्झाटार आफ्नो कार्यक्षेत्र लेखा छोडेर फेरि मार्केटिङ्ग डिपार्टमेन्ट आई रिजर्भेसन सिस्टममा खेली कमाउ धन्दामा लागेका छन् ।

कालाखेतीले हारभेष्ट मुनलाई एकातिर प्रतिटिकट एक हजार सस्तोमा १० हजार सिट मात्र उपलब्ध गराएनन्, सम्पूर्ण सिटहरुलाई ब्लक गरिदिएर काठमाडौंका मात्र एक सय ५० भन्दा बढी र मलेसियाका सबै एजेन्टहरुलाई हारभेष्ट मुनसित नै टिकट लिन बाध्य पारेर हारभेष्ट मुनबाट प्रतिटिकट तीन हजार थप महङ्गोमा बेचेर अर्को कीर्तिमानी भ्रष्टाचारको काम गरेका थिए ।

त्यस्तो, अनियमित र भ्रष्टाचारजन्य काम गर्नलाई कालाखेतीले नेवानिको सञ्चालक समितिले बनाएको मार्केटिङ्ग फाइनान्स सबकमिटीबाट कष्टमर सर्भिस डिपार्टमेन्ट र फाइनेन्स डिपार्टमेन्टलाई पनि आफैँले हटाइदिए र सञ्चालक समितिभन्दा पनि आफू पावरफुल छु भन्दै हिँडे ।

सञ्चालक समितिले निर्माण गरेको(एमएफएससी)  मार्केटिङ्ग फाइनान्स सब-कमिटीको संरचनालाई सञ्चालक समितिले पनि आवश्यकता र औचित्यताको आधारमा मात्र परिवर्तन गर्न सक्नेमा आफैँले सिफारिस गरेर तत्कालीन महाप्रबन्धकलाई झुक्याई स्वीकृति गराएर हारभेष्ट मुनसितको सेटिङ्गमा त्यस्तो लफडाजन्य भ्रष्टाचार गरेका थिए ।

पहिलेदेखि र वि.सं.२०६८ माघ २२ गते बसेको सञ्चालक समितिले पनि ट्राफिक रेट म्याटर, सीआरटी लाइन, एजेन्टहरुलाई दिने पासेज एन्ड अदर फेसिलिटिजहरुसम्बन्धी निर्णय निगमको मार्केटिङ्ग कमिटी र मार्केटिङ्ग फाइनेन्स सब-कमिटीले गर्दै आएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

त्यस्तै निगमको टिकट बिक्रीसम्बन्धी अन्य कार्यहरु गर्न पनि मार्केटिङ कमिटी र मार्केटिङ्ग फाइनेन्स सबकमिटीलाई अधिकार दिने निर्णय गरेको थियो ।

त्यसपछि यो संरचना फेरबदल गर्ने निर्णय सञ्चालक समितिले कहिल्यै गरेको छैन ।

तर, व्यवस्थापनको मातहतमा काम गर्ने एउटा निर्देशकले करोडौंको लुटपाट गर्नलाई नियमकानुन मिचेर मार्केटिङ्ग फाइनान्स सबकमिटीको संरचना नै फेरेर मलेसियाको दश हजार सिट मात्र हैन, अन्य त्यस्तै पचासौँ लुटका काण्डहरु गरेका छन् अनि नेवानि कसरी उँभो लागोस् त ! - आर्थिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077