Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नेपालले ओलीलाई चुनौती दिँदै भने- हामी हातमा दही जमाएर बस्दैनौं

    नेपालले ओलीलाई चुनौती दिँदै भने- हामी हातमा दही जमाएर बस्दैनौं

    प्रदेशपछि जिल्ला जिल्लामा नेपालपक्ष, मोरङबाट सुरु भयो जिल्ला समानान्तर कमिटी गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2.4K
    SHARES

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको माधव नेपाल पक्षले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्द समानान्तर गतिबिधि गर्दै आएको नेपाल पक्षले आज मोरङमा जिल्ला र महानगर कमिटी गठन गरेको हो।



    पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो।



    त्यस्तै, कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा।उद्धव पोखरेल, सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई चयन भएका छन्।

    त्यसैगरी पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरिएको छ । महानगर कमिटिको उपाध्यक्ष खेम तिम्सिना, सचिव किरण दाहाल, उपसिचव योगेशराज भण्डारी चयन छन् ।

    उक्त कार्यक्रममा आज बिराटनगर आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टी अध्यक्ष ओलीले विधानविपरित कारबाही गरेको भन्दै आफूहरु पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिए । आफू पदको लोभी नभएको भन्दै उनले कारबाहीले केही फरक नपर्ने बताउदै ओलीलाई आफुहरुले नभई जनताले कारवाही गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार