Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युरोपा लिगमा युनाईटेडको सहज जित

    युरोपा लिगमा युनाईटेडको सहज जित

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 1.5K
    SHARES

    एजेन्सी ।  इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हाँसिल गरेको छ।

    ग्रानडाको मैदानमा बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई उसकै घरमा २-० गोल अन्तरले पराजित गरेको हो ।



    युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे ।



    खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाएका थिए भने खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

    दोस्रो लेग अप्रिल १६ मा युनाईटेडको मैदानमा हुने हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार