काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री टंक आङ्बोहाङ सांसदको पदबाट मुक्त भएका छन्।
बिहीबार सभामुख प्रदीपकुमार भण्डारीले मन्त्री आङ्बोहाङलाई प्रदेश सभा सदस्य पदबाट हटाउन माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गरेको पत्र प्रदेश सभा बैठकमा पढेर सुनाएका हुन्।
उनका अनुसार अब प्रदेश सभामा एक पद रिक्त भएको छ।
आङ्बोहाङ गत २०७४ सालको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट निर्वाचित भएका थिए ।
पार्टी परित्याग गरेसंगै माओवादी केन्द्रले सांसदबाट हटाउन सभामुखसमक्ष पत्र पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि स्वत खारेज हुनेछ।
Leave a Reply