काठमाडौं। महानगरीय अपराध महाशाखा काठमाडौँले बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-६ महेन्द्रनगर घर भई काठमाडौं टोखा नगरपालिका-४ बखुन्डोल बस्ने ३५ वर्षीय महेश्वर घिमिरे रहेका छन्।
गत माघ १२ गते उच्च अदालत पाटनले उनीविरुद्ध एक करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको थियो ।
त्यसपछि फरार हुँदै आएका घिमिरेलाई बिहिबार महाशाखाबाट खटिएको बिशेष टोलीले टोखाबाटै पक्राउ गरेको हो
पक्राउ परेका घिमिरेमाथि आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
Leave a Reply