Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कोरोना बढेसँगै प्रधानमन्त्रीले भने – देश नै ठप्प पार्नु पर्ने अवस्था आउन सक्छ

    कोरोना बढेसँगै प्रधानमन्त्रीले भने – देश नै ठप्प पार्नु पर्ने अवस्था आउन सक्छ

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहदा लकडाउनको सम्भावना बढेको भन्दै देश नै ठप्प पार्नु पर्ने अवस्था आउनसक्ने बताएका छन् ।

    आज काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभालाई सम्बाेधन गर्दै उनले कोरोना कहर बढ्दै गएमा सरकारले वाध्य भएर देश नै ठप्प पार्न सक्ने बताएका हुन्।



    बढ्दै गएको कोरोना महामारीको त्रासले झनै जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसलाई बिकराल हुन कुनै मौका दिन नहुने भन्दै आफ्नो आफ्नो ठाउँबाट सजग रहन आग्रह गरे।



    छिमेकी मुलुक भारतमा दैनिक हजारौँको संख्यामा संक्रमित थपिएसँगै त्यसको असर नेपालमा पनि पर्ने बताए ।

    ‘भारतसँग खुल्ला सीमाना छ तसर्थ  नेपालमा पनि त्यस्तो खतरा बढ्न सक्छ, सबै बेलैमा सचेत हौँ,’ उनले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार