Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • विश्व स्वास्थ्य दिवस : यस्ता छन् कोरोना महामारीले निम्त्याएका नेपालका कमजोरीहरु

    विश्व स्वास्थ्य दिवस : यस्ता छन् कोरोना महामारीले निम्त्याएका नेपालका कमजोरीहरु

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ। कोरोना भाइरस महामारीका कारण नेपालमा गत एक वर्षमा पौने तीन लाख सङ्क्रमित भए अनि झण्डै तीन हजारभन्दा बढीले ज्यान गुमाए।

    वर्षैभरि महामारीको त्रास कायमै रह्यो। लामो लकडाउनले स्वास्थ्यका साथै जनजीविकामाथि नै असर पर्‍यो।



    विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू औँल्याएका छन्।



    १,  प्रकोपको पूर्वतयारी
    चाहे प्राकृतिक होस् वा मानवसिर्जित हरकिसिमको सङ्कटसँग जुझ्ने प्रमुख हतियार भनेको पूर्वतयारीलाई मानिन्छ।

    महामारीको हकमा देशहरूको पूर्वतयारीको परीक्षण भयो।

    त्यसमा नेपाल कत्तिको खरो उत्रन सक्यो ?

    ‘प्रकोपको पूर्वतयारीको हकमा हामी जहिले पनि कमजोर रह्यौँ। जति काम भएका छन् ती स्वाभाविक थिए, हुनैपर्ने किसिमका थिए,’ जनस्वास्थ्यविद् डा शरदराज वन्तले बताए।

    गत वर्ष अरू देशमा महामारी सल्किँदापनि नेपालले तयारीका निम्ति केही समय र अरूको अनुभव हेर्ने मौका पाएको थियो।

    तर त्यसको फाइदा उठाउन नसकिएको विज्ञहरू बताउँछन्। सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच अनि क्वारन्टीनका विषयमा पूर्वतयारीका प्रशस्त मौका खेर गएको उनीहरूको भनाइ छ।

    ‘अहिलेपनि जब हामी महामारीको दोस्रो लहरको खतराको कुरा गर्छौँ हामीले सीमाक्षेत्रमा व्यवस्थित किसिमका होल्डिङ, सेन्टर चेकजाँच प्रणाली अनि क्वारन्टीन प्रणाली भएको पाउँदैनौँ,’ स्वास्थ्यमन्त्रालयमा प्रमुख विज्ञ तथा निमित्त सचिव भएर काम गरिसकेका जनस्वास्थ्य जानकार डा सुशील प्याकुरेलले बताए।

    २, सिक्न नसक्ने प्रवृत्ति
    मानिसजस्तै संस्था तथा प्रणालीले पनि या त अरूको भोगाइबाट जान्ने या त आफ्नै गल्तीबाट सिक्ने मौका पाउँछन्।

    ‘तर हाम्रो स्वास्थ्य प्रणालीको अवस्था हेर्दा भोगाइबाट सिक्ने प्रवृत्ति देखिँदैन। अर्थात् कमजोरीहरू दोहोरीरहन्छन्,’ जनस्वास्थ्यविद् वन्तले बताए।

    आवश्यक सामग्री खरिद, जनशक्तिको व्यवस्थापन, परीक्षण तथा सम्पर्क पहिचान अनि उपचार प्रबन्धजस्ता विषयमा नेपालले बितेको एक वर्षमा प्रशस्त अनुभव हासिल गरिसकेको छ।

    ती अनुभवको सदुपयोग गर्न सकेमात्रै पनि आगामी दोस्रो वा तेस्रो लहरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ।

    ३, समन्वयको कमी
    जब कोभिड महामारी फैलियो संजोगवश नेपालले सङ्घीयताअनुरूपको तीन तहको शासकीय ढाँचा अपनाइसकेको थियो।

    तर सो ढाँचा बमोजिमको समन्वय भने नदेखिएको विज्ञहरूले औँल्याएका छन्।

    केन्द्रमा स्वास्थ्यमन्त्रालयको अगुवाइ रह्यो भने सम्पर्क पहिचानदेखि नाकामा चेकजाँच, क्वारन्टीनका अनेक व्यवस्थापन प्रदेश तथा खासगरि स्थानीय तहको काँधमा आइपर्‍यो।

    अचानक ठूलो विपत्ति पर्दा कसले के भूमिका खेल्ने र कसरी स्रोत परिचालन गर्ने भन्ने बारे सुरुको समयमा निकै अन्योल देखा परेको थियो। स्रोत : बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार