स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा रहेका छन्।
आरोपित विश्वकर्माले वालिङ नगरपालिकामा १६ वर्षीया किशोरीलाई आइतबार मध्यरात आफ्नै घरमा सुतेको अबस्थामा बलात्कार गरेको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको हो।
उनीमाथि जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply