Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालक !

काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं व्यवसायी किशोर प्रधानलाई नेपाल वायुसेवा निगमको सन्चालकमा नियुक्ति गरेको छ ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङका किशोरकुमार प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ।

नेपाल वायुसेवा निगमको नियम बमोजिम प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

व्यवसायी प्रधान गत चैत ६ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

सरकारले प्रधानलाई एमाले प्रवेश गरेको १८ दिनमै नियुक्ति दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077