Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले संसद्लाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुर्याए : रङ्गमती शाही

काठमाडौँ। आजको संसद बैठकमा पुनःस्थापित संसद्लाई बेवास्ता गर्दै महत्वपूर्ण बिजनेसको बेवास्ता गरेको भन्दै सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

जनप्रतिनिधिको थलो संसद् र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बेवास्ता गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको उनीहरुको गुनासो थियो ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले महत्वपूर्ण विधेयक अड्किएको अवस्थामा सरकारले संसद्लाई गतिहीन बनाएको टिप्पणी गरे ।

उनले कांग्रेसले राजीनामा मागिसकेको सन्दर्भ तथा सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० ले कामचलाउ सरकार भनेको अवस्थामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्दैन भनी प्रश्न गरे ।

कांग्रेसकै रङ्गमती शाहीले संसद् र सिंहदरबारमा उपस्थित नभएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाईन् । उनले संसद्लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जस्तो अवस्थामा पुर्याएको भनी कटाक्ष गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका राजबहादुर बुढाक्षेत्रीले संसदलाई प्रभावकारी बनाएर लैजाने सबै राजनीतिक दलको दायित्व भएको बताउँदै प्रधानमन्त्रीबाटै जनादेशको उपेक्षा भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077