Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको कारवाहीपछि लुम्बिनी प्रदेशमा दुई सांसद पद रिक्त

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी)लाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुले सांसद पद गुमाउने भएका छन्।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई कारवाही गरेको पार्टी जानकारी दिए।

‘संसदीय दलले कारबाही गरेको जानकारी पार्टी केन्द्रीय कमिटीलाई दिएको र केन्द्रीय समितिले पनि कारबाहीलाई अनुमोदन गरेपछि दुवै पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद खारेज स्वत: हुन्छ।

सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्र संसदीय दल र पार्टी केन्द्रीय समितिले कारबाही गरेको पत्र प्राप्त भइसकेको पार्टीका एक नेताले बताए।

पार्टीले कारवाही गरेसँगै उक्त सांसद पद रिक्त हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077