Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई हटाउन कांग्रेस अघि बढ्दा जसपामा अझैँ अन्यौल

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्नेु औपचारिक निर्णय गरे लगत्तै धेरैको चासो जनता समाजवादी पार्टी (जसपा)को भूमिकाप्रति बढेको छ।

प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको जसपा नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको बेला अन्यौलमा रहेको छ।

कुनै बेला माओवादी केन्द्रसँग मिल्न मिल्न खोजेको जस्तो देखिने जसपा कहिले कांग्रेससँग नजिक देखिएको थियो ।

यद्दपि पछिल्लो समय पार्टीभित्र दुई धारमा रहेका जसपाका शीर्ष नेताहरुबीच नै तालमेल नमिल्दा ठोस निर्णय भने लिन नसकेको देखिन्छ।

यसैबीच नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने सङ्केत गर्दै आउँदा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि छिट्टै नयाँ सरकार बन्ने बताएका छन्।

शनिबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अब देशको राजनीतिले कोल्टे फेरेको र छिट्टै नयाँ सरकार बन्ने बताएका थिए।

तर त्यसको निम्ति नेकपा एमाले एकताबद्ध रहँदासम्म कांग्रेस र माओवादी केन्द्रलाई जसपाको साथ र समर्थन अनिवार्य देखिन्छ।

नयाँ सरकार गठनलाई लिएर दुईथरी धार रहेको भनिएको उक्त दल अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ ।

यस्तैमा, जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताउँदै आगामी दिनमा कांग्रेसको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् भने नेता राजेन्द्र महतोले पार्टीका माग र मुद्दाहरु पहिलो प्राथमिकतामा रहेको भन्दै अहिले सत्ता समीकरणको खेलमा नभएको बताएका छन्।

जसपाकै अर्का नेता बाबुराम भट्टराईले पहिलेदेखि जतिसक्दो छिटो ओली सरकारलाई बिदा गर्नुपर्ने  भन्दै सार्वजनिक रूपमा बोल्दै आएका छन्।

पार्टीभित्र कै नेताहरुबीचको अन्यौलले गर्दा उनीहरु बीचमा एकमत हुने नहुने सबैको चासोको बिषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077