Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई पदबाट नहटाए लोकतन्त्र खतरामा पर्ने पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाए लोकतन्त्र खतरामा पर्ने दाबी गरेका छन्।

आज कांग्रेस नुवाकोटले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताउँदै ओलीलाई पदबाट नहटाए लोकतन्त्र खतरामा पर्ने दाबी गरेका हुन्।

कार्यक्रममा बोल्दै नेता पौडेलले भने, कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको छ, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’

नेता पौडेलले संसद विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने  बताए।

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलकोबीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने बताए ।

बरिष्ठ नेता पौडेलले जनता समाजवादी पार्टी (जसपा) नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको बताउँदै छिट्टै जसपाका नेताहरुसँग कुरा गर्ने र उनीहरुको माग पुरा गर्न सकिने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077