Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेलम्चीको परिकल्पना स्वर्गीय राजा बिरेन्द्रको हो : कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मेलम्चीबाट पानी मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना स्वर्गीय राजा बिरेन्द्रको भएको खुलासा गरेका छन्।

करिब तीन दशकको लामो संघर्षपश्चात् काठमाडौँमा अहिले मेलम्ची आएसँगै नेताहरुले जस आफ्नो भागमा लिँदै हाम्रो योजना हाम्रो कल्पना भन्दै गर्दा अध्यक्षले थापाले यो योजना स्व बिरेन्द्रको भएको बताएका हुन्।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् मेलम्ची योजना राजाको भएको कारण कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन नसक्ने घोषणा गरेका छन्।

उनले लेखेका छन्,'मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा बिरेन्द्रको हो।पछि किसुनजीले मुखरित गर्नुभयो। यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी छैन। कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन्।'

https://twitter.com/KTnepal/status/1377938793307664384

शुक्रबार औपचारिक रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मेलम्चीको शुभारम्म गरेसँगै मेलम्चीले सार्थक भने पाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077