काठमाडौँ । भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोना संक्रमण भएपछि तेन्दुलकर आजै मुम्बइको एक अस्पतालमा भर्ना भएका छन्।
यसैबीच, क्रिकेटर सचिनले आफूलाई कोरोना पोजिटीभ भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइहरुको इच्छा र प्रार्थनामको लागि धन्यवाद । चिकित्सको सल्लाहमा मलाई अस्पताल भर्ना गरिएको छ। किनकी पुरै सावधानी हुन पाओस् । मलाई आशा छ की म चाँडै घर फर्किनेछु । ध्यान दिनुस् र सुरक्षित रहनुस् ।’
यस्तै सचिनले भारतको विश्वकप जीतको १० वर्ष पुगेको उपलक्ष्यमा भनेका छन्, ‘ सबै भारतीय तथा मेरो साथीहरुलाई हाम्रो विश्व कप जीतको १०औ वर्षगाँठको शुभकामना व्यक्त गर्दछु।’
उनको ट्वीट यस्तो छ:
Thank you for your wishes and prayers. As a matter of abundant precaution under medical advice, I have been hospitalised. I hope to be back home in a few days. Take care and stay safe everyone.
Wishing all Indians & my teammates on the 10th anniversary of our World Cup ?? win.
— Sachin Tendulkar (@sachin_rt) April 2, 2021
Leave a Reply