काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी लेखा समितिको निर्देशन सही भएको बताएका छन्।
शुक्रवार बिहान अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
बिहीवार सिंहदरबारमा बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको थियो।
भट्टराईले लेखेका छन्, 'राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाण्डौ-तराई फाष्टट्राकको निर्माण फेरि विवादमा पर्नु दु:खद छ । पचासौं अर्बका ठेक्काको PQ गर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत थियो ! भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो । लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो । आदेश पालना होस् !छानवीन होस् !'
https://twitter.com/brb1954/status/1377818461544443905