Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • खनाल–नेपाल समूहको नयाँ पार्टी खोल्ने तयारी

    खनाल–नेपाल समूहको नयाँ पार्टी खोल्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ । बैठक बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने तयारी छ।

    एमाले नेता नेपाल नयाँ पार्टी गठन गर्ने मनस्थितिमा पुगेका छन्। प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल नेपाल समूहलाई पाखा लगाएर पार्टी चलाउन थालेपछि उक्त समूह नयाँ पार्टी गठन तयारीमा जुटेको हो ।



    खनाल नेपाल समूले समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ । उक्त समूहले ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउने घोषणा गरेको छ। गाउँ गाउँसम्म समानान्तर कमिटी बनाउने प्रयासमा खनाल नेपाल समूह छ ।



    यसअघि खनाल नेपाल समूहले प्रदेशमा संयोजक तोकिसकेको छ। गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन भइसकेको छ । बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, तनहुमा शंकरनारायण श्रेष्ठलाई पार्टीअध्यक्ष बनाइएको छ ।

    खनाल नेपाल समूहले गण्डकी प्रदेश इन्चार्जमा सुरेन्द्र पाण्डे, भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

    ओलीले नेता नेपाल र उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको भन्दै पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि बिबादले उग्र रुप लिएको हो ।

    खनाल नेपाल समूहले हालसम्म अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइसकेका छन्।

    आजको स्थायी कमिटी बैठकले थप रणनीति तय गर्ने छ । यो सबै हेर्दा एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार