Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सर्वोच्चमा सिफारिस दुई न्यायाधीशविरुद्ध सात/सात उजुरी ! दुई उजुरी झनै गोप्य !!

    सर्वोच्चमा सिफारिस दुई न्यायाधीशविरुद्ध सात/सात उजुरी ! दुई उजुरी झनै गोप्य !!

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।



    न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ ।



    बैठकले उनीहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार