काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले अध्यक्ष केपी शर्मा ओलीबाट भएको घनश्याम भूसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्दा मजाक र अप्रिल फूल भएको टिप्पणी गरेका छन्।
नेता भट्टराईले आजकाल नेपालमा ऋषिमुनि र बुद्धको ज्ञान भूमि विद्वान्, इमानदार र नैतिकवान्हरूमाथि कारबाही हुने र मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुने गरेको भन्दै पार्टी अध्यक्ष ओलीले आजको दिनलाई घुमाउरो पाराले अप्रिल फूल मनाउन खोजेको उनको भनाइ रहेको बुझिएको छ।
सामाजिक सञ्जालमा पूर्वमन्त्री समेत रहेका भट्टराईले आज मूर्ख दिवसको दिन पारेर उक्त कुराको ट्वीट गर्नुलाई अप्रिल फूलको संज्ञा दिएको बुझिन्छ ।
आज बिहान पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेसँगै नेता भट्टराईले भद्धा मजाक गरिएको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, 'ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।'
https://twitter.com/yogesbhattarai/status/1377542538165297156