Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले झोक्किँदै भने - जसपाले ओलीतन्त्रको घाँस खान्न

काठमाडौँ। काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टी प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पछि नलाग्ने बताएका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्द खनिदै आएका अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् भन्दै यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले उतिबेला बन्दी भएका बिपीको रिहाइ माग गर्न कांग्रेस राणातन्त्रमा सहभागी नभएको भन्दै आफ्नो पार्टी पनि त्यस्तै रहेको उल्लेख गरेका छन्।

अध्यक्ष भट्टराईले पार्टीले आफ्ना नेताकार्यकर्ताको रिहाइ माग स्वतन्त्र रुपमा गर्न कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए र भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, 'रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया !'

https://twitter.com/brb1954/status/1377526955671650304

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077